ग्यास व्यवसायीको आन्दोलन १५ दिनका लागि स्थगित

केन्द्रभाग मिडिया

काठमाडौँ ।

आन्दोलित ग्यास व्यवसायीले १५ दिनका लागि आन्दोलन स्थगन गरेका छन् । आज बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरकारसँग भएको छलफलमा सहमति भएपश्चात व्यवसायीले तत्काललाई आन्दोलन स्थगित गरेका हुन् ।

सो छलफलमा व्यवसायीका सबै माग १५ दिनभित्र पुरा गर्ने सहमति भएको हो । त्यसका लागि १५ दिनका लागि आन्दोलन स्थगित हुने सहमति भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा मन्त्री, नेपाल आयल निगम सञ्चालक समितिका पदाधिकारीहरू, निगमका कर्मचारीहरू र नेपाल एलपी ग्याँस उद्योग सङ्घका पदाधिकारीहरूबिच सङ्घका मागहरूका सम्बन्धमा सकारात्मक छलफल भएको सचिवालयले जनाएको छ ।

‘छलफलका क्रममा नेपाल आयल निगमसमक्ष संघले पेस गरेका मागहरूलाई सकारात्मक रूपमा लिई समाधानका लागि गृहकार्य गर्न थप समय आवश्यक देखिएको हुँदा संघले आजका मिति देखि घोषणा गरेका आन्दोलनका सबै कार्यक्रमहरू १५ दिनका लागि स्थगन गर्ने निर्णय गरियो,’ सचिवालयले भनेको छ ।

  • ३० माघ २०८१, बुधबार १५:११ प्रकाशित