पोखरा ।
पोखरा भ्रमण वर्ष २०२५ को औपचारी घोषणाको तयारीमा रहेको पोखराको पर्यटन प्रवद्र्धन भारतम कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ । भारतको डिप्लोम्याटिक क्लबका ग्लोबल अध्यक्ष डा.मूर्ति देवरभोतला र इन्डो नेपाल च्याप्टरका अध्यक्ष वेद शर्मा नेतृत्वको टोलीले भारतीय बजारमा पोखराको पर्यटन प्रवर्द्धन लगायतका विषयमा पोखरा महानगरका प्रमुख धनराज आचार्यसँग मंगलबार छलफल गरेको हो ।
दुईपक्षिय हित, पोखरा भ्रमण वर्ष २०२५ अवधिभर भारतीय पर्यटकहरूको पोखरा भ्रमण, भारतीय बजारमा पोखराको पर्यटनको प्रवर्द्धन, व्यवसायीक रूपमा पर्यटन क्षेत्रमा लगानी प्रवर्द्धन लगायत विषयमा छलफल भएको पोखरा महानगरपालिकाका प्रवत्ता मोतिलाल तिमिल्सिनाले जानकारी दिए ।
छलफलमा नगर प्रमुख आचार्य सहित प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइँ र प्रवक्ता तिमिल्सिनासहितको सहभागिता थियो ।















