पोखरा ।
आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३८ रुपियाँ ६३ पैसा र बिक्री दर १३९ रुपियाँ २३ पैसा रहेको छ ।
हिजो (मंगलबार) अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपियाँ ६७ पैसा र बिक्रीदर एक सय ४० रुपियाँ २७ पैसा कायम रहेको थियो ।
युरो एकको खरिद दर १४३ रुपियाँ २ पैसा र बिक्री दर १४३ रुपियाँ ६४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपियाँ ४० पैसा र बिक्री दर १७२ रुपियाँ १४ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३८ रुपियाँ २ पैसा र बिक्री दर ३८ रुपियाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
















