काठमाडौँ ।
कमलपोखरी स्थित शान्दार मःम पसलमा ग्यास विष्फोट हुँदा घाइते भएका दुई जनाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घले छन् ।
उनीहरूको उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए । अन्य ९ जनाको उपचार भइरहेको छ ।














