आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

केन्द्रभाग मिडिया

काठमाडौं ।

संघीय संसद्अन्तर्गत् आज प्रतिनिधि सभाको बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ । संसद सचिवालयका अनुसार उद्योग मन्त्री भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ प्रस्तुत गर्नेछन् ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण ( पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले भ्रष्टाचार निवारण ९पहिलो संशोधन० विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

  • २९ माघ २०८१, मंगलवार ०७:३७ प्रकाशित