पोखरा ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, युरो, दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ २७ पैसा छ ।
हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १९ पैसा थियो । यही माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो । नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो ।
त्यसैगरी आज युरो एकको खरिदर एक सय ४४ रुपैया ३३ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ९५ पैसा छ । हिजो युरो एकको खरिदर एक सय ४४ रुपैया १६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ७८ पैसा थियो ।
त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ १५ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ९८ पैसा थियो । आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रुपैयाँ १२ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९२ पैसा थियो ।
त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर चार सय ५४ रुपैयाँ २७ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ५२ रुपैयाँ ०५ पैसा र बिक्रीदर चार सय ५४ रुपैयाँ थियो । त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ ५३ पैसा र बिक्रीदर तीन सय ७२ रुपैयाँ ११ पैसा छ ।
हिजो बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ २७ पैसा र बिक्रीदर तीन सय ७१ रुपैयाँ ८६ पैसा थियो ।















