नेकपा एस गण्डकी प्रदेश अध्यक्षमा कृष्णबहादुर नेपाली निर्विरोध

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एकीकृत समाजवादीको गण्डकी प्रदेश अध्यक्षमा कृष्णबहादुर नेपाली निर्विरोध निर्वाचित भएका छन् । सो पार्टीको सोमबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले नेपालीको नेतृत्वमा नयाँ प्रदेश कमिटी चयन गरेको हो ।

प्रदेश उपाध्यक्षमा विष्णु गिरी र मुक्तिनाथ पोखरेल तथा सचिवमा ठाकुरप्रसाद शर्मा पनि निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै उपमहासचिवमा टिकाराम पौडेल, विवेक भुजेल र सुष्मा काफ्ले निर्वाचित भएका छन् ।

  • २८ माघ २०८१, सोमबार १७:०० प्रकाशित