नेपाली महिलालाई गैरकानुनी तरिकाले कुवेत पुर्‍याउनेलाई कारबाही गर्न माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

गैरकानुनी तरिकाले नेपाली महिलालाई कुवेत पुर्‍याउने कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद खनालले यस्तो माग गरेका हुन् ।

सरकारले झन्डै १० वर्षअघि कुवेतमा महिलालाई घरेलु कामदारको रूपमा पठाउन प्रतिबन्ध लगाए पनि त्यहाँ अहिले काम गर्ने नेपाली महिलाको संख्या दुई गुणा बढेर ५० हजार जति पुगेको उनले बताए ।

कुवेतमा रहेका नेपाली महिलाहरूको यो तथ्यांकले सरकारको स्थापित नीतिलाई नै खिल्ली उडाउने काम भएको उनले यसले नेपालको वैदेशिक सम्बन्ध र कूटनैतिक क्षमता नै स्खलित भएको बताए ।

  • २८ माघ २०८१, सोमबार १५:१६ प्रकाशित