काठमाडौं ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली एमालेको नेतृत्वमा रहुन्जेलसम्म वामपन्थी एकता सम्भव नरहेको बताएका छन् । सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अहिले देशको स्थिति सहज रूपमा अघि बढ्न नसकेको बताएका हुन् ।
‘एमालेको नेतृत्वमा केपीजी रहँदासम्म नेपालका कम्युनिस्ट एकता, वामपन्थी एकता सम्भव छैन,’ अध्यक्ष दाहालले भने । त्यस्तै उनले सरकारमा आफूहरूको ध्यान नरहेको दाबी गरे ।
प्रधानमन्त्री ओली अहिलेको आन्दोलन, परिवर्तन बर्बाद गर्न र संविधान खारेज गर्न चाहने व्यक्ति भएको आरोपसमेत अध्यक्ष दाहालको आरोप छ । मधेशी जनताका लागि दुई पटक संसद्मा संविधान संशोधनको प्रस्ताव गर्दा प्रधानमन्त्री ओलीले नै रोकेको उनले आरोप लगाए ।














