काठमाडौं ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले जनमत पार्टीसँग चाँडै पार्टी एकता हुने संकेत गरेका छन् । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन उद्घाटन समारोहमा चौधरीले प्रतिकुलता आएन भने चाडै जनमत पार्टीसँग एकता बताएका हुन् ।
‘जनमत पार्टी र हाम्रो पार्टीबीचको सकारात्मक सन्देश चाँडै पाउनु हुनेछ’, चौधरीले भनेका थिए ।मन्तव्यका क्रममा रेशमले जनमतसँग एकता अगाडि बढिसकेकाले अरू दलहरूलाई पनि एकताको निम्ति आह्वान गरे ।














