आज सर्वोच्चका सबै मुद्दा स्थगित

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सर्वोच्च अदालतका सबै मुद्दा आइतबार पेशी तोकेपछि स्थगित भएका छन् । न्यायाधीश अरविन्दनाथ आचार्यको निधन भएकाले आज पेशी तोकेपछि स्थगित भएका हुन् । ८६ वर्ष ९ महिनामा आचार्यको शुक्रवार निधन भएको थियो।

शनिवार सार्वजनिक बिदा भएकाले आइतबार फुलकोर्टको बैठक बसेर आचार्यको निधनमा सबै सुनुवाइ स्थगित गरिएको सर्वोच्च अदालतका सूचना अधिकार नीराजन पाण्डेले जानकारी दिए । १९९५ वैशाख १४ गते जन्मेको मैतीदेवी फाँटमा जन्मेका उनी २०१८ सरकारी सेवामा अनि न्याय सेवामा प्रवेश गरेका थिए ।

२०५९ साल माघ १ गते सर्वोच्च अदालतको न्यायाधीश भएका आचार्यले २०६०९ वैशाख १३ गतेसम्म न्यायाधीशको रूपमा न्याय सम्पादन गरेका थिए । सर्वोच्चको न्यायाधीश निधन भएमा फुलकोर्ट बैठक बसेर सार्वजनिक रूपमा इजलास नलाग्ने अभ्यास रहेको छ।

सोही अभ्यास अनुसार आइतबार कुनै पनि मुद्दा सुनुवाइ नहुने गरी बेन्च नबसेको जनाइएको छ ।

  • २७ माघ २०८१, आईतवार १३:५३ प्रकाशित