पोखरा ।
निवृत्त राष्ट्र सेवक समाज माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा प्रथम गाउँपालिका परिषद सम्पन्न भएको छ । लाहाचोकमा सम्पन्न परिषद भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सिता अधिकारीले पालिका निमित्त राष्ट्रसेवकको अधिकारको लागि प्रतिवद्ध रहेको बताइन् । उनले निमित्त राष्ट्रसेवक अनुभवले खारिएका देशका लागि चाहिने अभिभावक रहेको चर्चागर्दै आवश्यक सल्लाह र सुझाव अनुरुप सबै तहका सरकार चल्नुपर्नेमा जोड दिइन् ।
जेष्ठ नागरिक समाज र निवृत्त साष्ट्रसेवक समाज गण्डकीका अध्यक्ष ध्रुवराज अधिकारीले संविधानको धारा ४१ अन्तर्गततका नियमावलीमा उल्लेखख गरिएका जेष्ठ नागरिकहरुलाई औषधोपचार र यातायातमा दिइने सुविधा लगाएत जेष्ठ नागरिकहरुले पाउने हक अधिकारको माग पूरा गराउन सम्बन्धित निकायमा जोडदार दवाव दिनुपर्ने बताए ।
तदर्थ समितिका अध्यक्ष विजय पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्की इन्चार्ज पूर्ण गिरी, उपाध्यक्ष टोपराज ढुंगाना र सचिव लोकबहादुर थापा लगायतले बोलेका थिए ।
परिषद भेलाले १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको अध्यक्षमा हरिसचन्द्र गौतम, उपाध्यक्षमा घननाथ भण्डारी, सचिवमा कृष्णप्रसाद अधिकारी, कोषाध्यक्षमा लोकबहादुर गुरुङ र सहसचिवमा राधा त्रिपाठी अधिकारी चयन भएका छन् । यसैगरी भेलाले ५ सदस्यी सल्लाहकार समिति समेत गठन गरेको छ ।














