दाइले खेलाएको भरुवा बन्दुक पड्केर भाइको ज्यान गयो

केन्द्रभाग मिडिया

घोराही ।
दाङमा गोली लागेर एक बालकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–३ ठुलासम्वामा बरुवा बन्दुकको गोली लागेर आठ वर्षीय बालक भुवन केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीले भरुवा बन्दुक चलाएर भाइको हत्या गरेको आरोपमा भुवनका दाजु १० वर्षीय शिशिर केसी र ६२ वर्षीय बाजे भुपेन्द्र खत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायले जानकारी दिए ।
प्रहरी निरीक्षक रोकायका अनुसार घरमा लोड गरी राखेको भरुवा बन्दुक शिशिरले खेलाउने क्रममा पड्किदा भाइलाई गोली लागेर ज्यान गएको हो ।

प्रहरीले घटनास्थलबाट एक थान भरुवा बन्दुक, चार वटा गोली, ३ सय २८ थान छर्रा समेत बरामद गरेको घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी टोली खटिएको प्रहरी दिरीक्षक रोकायले बताए ।

  • २६ माघ २०८१, शनिबार १४:२६ प्रकाशित