विधान सभा चुनावमा दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवालको हार

केन्द्रभाग मिडिया

काठमाडौं ।

आम आदमी पार्टीका अध्यक्ष एवं दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल दिल्ली विधानसभा चुनावमा पराजित भएका छन् । उनी भारतीय जनता पार्टीका उम्मेदवार प्रवेश वर्मासँग पराजित भएका हुन् ।

बिहानदेखि मतगणना सुरु हुँदा पनि केजरीवाल पछि पछि थिए । लगभग दुई घण्टाको मतगणना पछि केजरीवालले केही समयक अग्रता लिए पनि अन्त्यमा उनले चुनाव हारेका छन् । भाजपाका वर्माले तीन हजार १८६ मतले जित हासिल गरेका छन् ।

एजेन्सी ।

  • २६ माघ २०८१, शनिबार १४:१५ प्रकाशित