भूमि आयोगको जिल्ला समितिमा १११ जनाको मनोनयन : कास्कीमा कृष्णकुमारी पौडेल दवाडी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

भूमि आयोगको जिल्ला समितिामा १११ सदस्य मनोनयन भएका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विभिन्न जिल्लाका लागि सो संख्यामा सदस्य मनोनयन गरेका हुन् ।

जिल्ला भूमि आयोगमा अध्यक्षका साथै एकजना विज्ञ र एकजना महिला सहित तीनजना सदस्य मनोनयन गर्ने व्यवस्था छ । सरकारले यसअघि देशका ७७ वटै जिल्लामा भूमि आयोगका अध्यक्षको नियुक्ति गरिसकेको छ ।

केन्द्रमा भूमि आयोगको अध्यक्ष र सदस्यहरु नियुक्त भइसकेका छन् । कास्कीमा माछापुच्छ्रे गाउँपालिका ६ की महिला सदस्य कृष्णकुमारी पौडेल दवाडी मनोनयन भएकी छिन् । गोरखामा गोरखा नगरपालिका ५ की सदस्य दुर्गामाया थापा, लमजुङमा दोर्दी गाउँपालिका २ का विज्ञ सदस्य राममाया रानामगर, क्वालासोथार गाउँपालिका ९ की महिला सदस्य सिर्जना गुरुङ, दोेर्दी गाउँपालिका १ की सदस्य इन्धिरा लम्साल अधिकारी, मनाङमा डिस्याङ गाउँपालिका ६ की महिला सदस्य छिरिङ ओङ्मा गुरुङ घले, भाक्रा गाउँपालिका ५ का सदस्य छिरिङ लोप्साङ गुरुङ मनोनयन भएका छन् ।

यस्तै स्याङ्जामा हरिनास गाउँपालिका ५ का विज्ञ सदस्य सोमनाथ लम्साल, अर्जुन चौपारी १ का स्याङ्जाकी महिला सदस्य माया के.सी गुरुङ र वालिङ नगरपालिका १३ का सदस्य यज्ञप्रसाद पाठक मनोनयन भएका छन् । उता म्याग्दीमा बेनी नगरपालिका ७ का विज्ञ सदस्य टंक बहादुर हमाल र बेनी नगरपालिका ६ का सदस्य पशुपति शाही मनोनयन भएका छन् ।

  • २५ माघ २०८१, शुक्रबार १६:२३ प्रकाशित