ठमेलमा ड्युटीमा खटिएको प्रहरीमाथि हातपात

केन्द्रभाग मिडिया

काठमाडौं ।
ठमेलमा ड्युटीमा खटिएको प्रहरीमाथि हातपात भएको छ ।

बिहीबार राति ड्युटीमा खटिएका दुई प्रहरीमाथि हातपात भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । हातपात गर्ने व्यक्तिको खोजी सुरु गरिएको छ ।

‘सीसीटीभी फुटेजमार्फत व्यक्ति पहिचानको काम भइरहेको छ । पहिचान भइसकेपछि पक्राउ पर्छन्’, बोहोराले भने । मदिरा पिएको ५-६ जनाको समूहले प्रहरीमाथि हातपात गरेको थियो ।

प्रहरीमाथि हातपात गर्ने व्यक्ति अस्कल क्याम्पसमा अध्ययनरत विद्यार्थी नेताहरु रहेको आशंका गरिएको छ ।

  • २५ माघ २०८१, शुक्रबार १२:०८ प्रकाशित