काठमाडौं ।
राष्ट्रिय सभामा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन)विधेयक–२०८१ पेस भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बिहीबारको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक–२०८१ पेस गरेका हुन् ।
उनले सामुद्रिक कानुनीसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि, १९८२ अनुसार समुद्रमा तटीय मुलुकको मात्र नभई भूपरिवेष्ठित मुलुककोसमेत समान अधिकार सुनिश्चित भए तापनि पानी जहाज दर्ता ऐन, २०२७ लागू भएपश्चात दर्जनौं अन्तर्राष्ट्रिय महासन्धि लागू भइसकेको बताए ।
ती महासन्धिका प्रावधान उक्त ऐनले नसमेट्ने हुँदा नेपाली ध्वजाबाहक पानीजहाज दर्ता गर्न सकिने अवस्था नदेखिएको उनले उल्लेख गरे ।













