हतकडी लगाएर सरकारले नागरिकलाई दुःख दिइरहेको छ : प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले नागरिकलाई दुःख दिइरहेको आरोप लगाएका छन् । सम्झाइबुझाइ गरेर पठाउन सकिने घटनामा पनि कडा–कडा मुद्दा लगाइरहेको उनको गुनासो छ ।

प्रचण्डले भने, ‘सम्झाइबुझाइ गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदैछ, कडा–कडा मुद्दा लगाइँदैछ । यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो ?’

प्रचण्डले रविका घटनाप्रति संकेत गर्दै सरकार निरंकुश ढंगले अघि बढ्न खोजेको र नागरिकलाई दुःख दिन खोजेको आरोप लगाएका हुन् । उनले सरकारले राजनीतिक प्रतिशोध साँध्ने र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको टिप्पणी समेत गरे ।

  • २४ माघ २०८१, बिहीबार १६:३१ प्रकाशित