आहा-रारा पोखरा गोल्डकप

एपीएफलाई पराजितगर्दै मछिन्द्र क्वार्टरफाइनलमा

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा रंगशालामा जारी आहा रारा पोखरा गोल्डकपको २४ औं संस्करणमा आज सम्पन्न खेलमा मछिन्द्र फुटबल क्लब विभागी टोली एपीएफ क्लवलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेशगरेको छ । मछिन्द्रले एपीएफलाई २-० गोल अन्तरले पराजित गर्दे अन्तिम आठमा प्रवेश गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको हो । खेलको ७४ मिनेटमा आदित्य शाक्यको गोलमा मछिन्द्रले सुरुवाती अग्रता लियो । आदित्य मनिष डाँगीको स्थान लिँदै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । आयुष घलानले मिलाएको पासमा आदित्यले डिबक्स भित्रबाट बललाई पोष्टको गति दिए ।

खेलको ८२ ओ मिनेटमा स्टेफन कामाहाको गोलमा मछिन्द्रले अग्रता दोब्बर बनायो । खेलको सुरुवातबाट नै एपीएफमाथि दबाब बनाएको मछिन्द्रले पहिलो हाफमा बनाएको अवसरलाई भने सदुपयोग गर्न सकेन ।

मछिन्द्रले अब क्वार्टरफाइनमा पाँचपटकको विजेता थ्री स्टार क्लबसँग २७ गते खेल्नेछ ।

  • २३ माघ २०८१, बुधबार १९:०६ प्रकाशित