पोखरा।
कोटिहोमका नाममा पोखराका सडक र चौताराका रुखबिरुवा काटेर जम्मा गरिएका काठदाउरा पोखरा महानगरपालिकाले जफत गरेको छ । पोखरा लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा जम्मा गरेर राखिएको अवस्थामा नगर प्रहरीले बुधबार काठदाउरा जफत गरेको हो।
मानव सेवा फाउन्डेसनले पोखरामा ३ महिनाभन्दा बढी कोटिहोम चलाउने भन्दै पोखराका सडक तथा चौताराका रुख काटेको थियो । ऐतिहासिक एवं महत्वपूर्ण चौतारा तथा सडकका रुख ठुटो बनाएपछि महानगरको पनि चर्को आलोचना भइरहेको छ । रुख काट्न महानगरले नै मौन स्वीकृति दिएको भन्दै सरोकारवालाले आलोचना गर्दै आएका थिए ।
तर, महानगरले भने कोटिहोम आयोजकले आफूहरुसँग अनमुति नलिएकोले कारबाही गर्ने बताउँदै आएको थियो । मंगलबार मिडियासँग कुरा गर्दै महानगर मेयर आचार्यले अनुमतिबेगर पोखरामा कोटिहोम चल्न नदिने बताएका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।














