ओभरटेक गर्दा फिस्लिङ नजिक कार र ट्रक ठोक्कियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

पृथ्वी राजमार्गमा कारले ओभरटेक गर्ने क्रममा ट्रकसँग ठोक्किंदा एक जना महिला घाइते भएकी छन् ।

चितवनको इच्छाकामना गाउँपालिका-३ पानीधारा भन्ने ठाउँमा काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख १७५४ नम्बरको ट्रकमा विपरीत दिशाबाट आउँदै गरेको बा।प्र।०१-०२७ च ४००० नम्बरको कार ठोक्किएको हो ।

दुर्घटनामा कारमा सवार रुपन्देहीको देवदह नगरपालिका-४ की ५० वर्षीया मायादेवी उपाध्याय घाइते भएको प्रहरी चौकी मुग्लिनकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् ।

उपाध्यायको टाउकोमा चोट लागेको छ । तर, अवस्था सामान्य रहेको प्रहरी निरीक्षक भण्डारीले बताइन् । उनलाई स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको छ । कार चालक पनि उनको उपचारका लागि गएका छन् ।

  • २१ माघ २०८१, सोमबार १४:५७ प्रकाशित