पोखरा ।
महिला टी-२० आई सिरिजअन्तर्गत नेपालले आज थाइल्याण्डसँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज मध्याहन्न सवा १२ बजे नेपालले सिरिजको आफ्नो दोस्रो खेल थाइल्याण्डसँग खेल्न लागेको हो ।
त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल शुक्रबार नेदरल्याण्ड्ससँग पराजित भएको थियो । त्यतिबेला नेदरल्यान्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १३७ रन मात्र जोड्न सकेको थियो ।
थाइल्याण्डले शुक्रबार नेदरल्याण्ड्सविरूद्ध ८ विकेटको सानदार जित निकालेको थियो । नेदरल्याण्ड्सले दिएको १२३ रनको लक्ष्य थाइल्याण्डले २ विकेटको क्षतिमा १८ ओभरमै पूरा गरेको थियो ।
यस हिसाबमा थाइल्याण्ड नेपालका लागि बलियो चुनौती हुने देखिएको छ । पहिलो खेलमा हार ब्यहोरेको नेपाल दोस्रो खेल जित्ने लक्ष्यमा छ।
सिरिजमा तीनै टोलीले दुई दुई पटक एक अर्काविरूद्ध खेल्नेछन् ।















