पोखरा ।
आज अमेरिकी डलरको मूल्य बढ्दा अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनार, पाउन्ड, युरोसहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ । युरोको मूल्य विगत पाँच दिनदेखि लगातार घटिरहेको छ ।
नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि जारी गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९१ पैसा थियो ।
त्यसैगरी आज युरो एकको खरिदर एक सय ४३ रुपैया ४८ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ १० पैसा छ । हिजो युरो एकको खरिदर एक सय ४३ रुपैया ७६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ३८ पैसा थियो ।
आज पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ३४ पैसा छ । हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ६८ पैसा थियो ।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ८९ र बिक्रीदर ८६ रुपैयाँ २६ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ १३ र बिक्रीदर ८६ रुपैयाँ ५० पैसा थियो ।
त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ १९ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ १३ पैसा छ । हिजो कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ ३७ र बिक्रीदर चार सय ५० रुपैयाँ ३२ पैसा थियो ।
त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ८१ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ४० पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ८९ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ४९ पैसा थियो ।















