पोखरा ।
पेट्रोलियम पदार्थको भाउ बढेको छ । नेपाल आयल निगमले आज मध्यरात देखि लागू हुने गरि पेट्रोलियम पदार्थको भाउ बढाएको हो । इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि निगमले पनि मूल्य बढाएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजेलरमट्टितेलमा ४ रुपैयाँ मूल्य बढाएको छ ।
यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिलिटर ४३ डलरका दरले बढाइएको छ ।