पोखरा ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठन भएको ६ महिनामा नै समग्र मुलयांकन गर्न नमिल्ने बताएका छन् । शुक्रबार संसदको पहिलो बैठकमा सम्बोधान गर्दै उनले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले सरकारले राम्रो कामको सुरुवात गरेको र राम्रो गरिरहने विश्वास समेत व्यक्त गरे ।
उनले अध्यादेशको बचाउ गर्दै अध्यादेशले निजी क्षेत्र उत्साहित भएको बताए । उनले संसदले सरकारले ल्याएका अध्यादेश पास गर्ने पनि विश्वास प्रकट गरे । उनले संविधान बनेको १० वर्ष भइसकेको भन्दै यसका सबल र दुर्लभ पक्षको पहिचान गरेर संसोधन गरिनुपर्ने बताए ।
उनले संविधान संसोधन गर्दा बहुलबादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशीताको आधारलाई खल्बल्याउन नहुने बताए । यसका लागि सत्तारुढ दल बीच छलफल अगाडि बढेको दाबी गरे । साथै अन्य दलहरुसंग पनि सम्बाद र छलफल गर्ने समेत उल्लेख गरे ।
उनले राजनीतिक रुपमा अधिकार सम्पन्न भएपनि आर्थिक रुपले सम्पन्न हुन बाँकी नै रहेको धारणा राखे । लोकतन्त्रको विकल्प अरु कुनै व्यवस्था हुन नसक्ने भन्दै नेपालको संविधानले समानुपातिक समावेशिकतालाई अंगालेको विश्वको उत्कृष्ठ मध्यको एक रहेको समेत धारणा राखे ।