काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र आज सिंहदरबारमा पुगी सभामुख देवराज घिमिरेसँग भेट गरेका छन् । भेटको क्रममा रविले निलम्बन फुकुवाको माग गर्दै सभामुख घिमिरेलाई निवेदन दिएको बताइएको छ ।
अदालतले पुर्पक्षमा थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पदबाट निलम्बन हुनुपर्नेमा त्यस्तो नभएको निवेदनमा उल्लेख छ ।रास्वपाकी सांसद सोबिता गौतमका अनुसार सांसद पदबाट निलम्बन फुकुवाको माग निवेदनमा गरिएको छ ।