काठमाडौँ ।
सत्ताको मुख्य घटक नेपाली कांग्रेसको संसदीय दलको बैठक बिना निष्कर्ष सकिएको छ ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा बोल्ने व्यक्तिहरूको सूची लामो भएकाले कुनै निष्कर्ष ननिस्केको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार अर्को बैठक २४ गते बिहान बस्नेछ ।
‘सांसदहरूले बोल्ने क्रम सकिएको छ । मन्त्रीहरू र नेताहरूले बोल्ने क्रम बाँकी छ । २४ गते संसद्को बैठक बस्छ । त्यहिदिन बिहान बैठक बस्नेगरी बैठक स्थगित गरिएको छ ।’ उनले भने














