अमेरिकी डलरको भाउ बढ्यो, युरोको घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज (शुक्रबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनार, पाउन्डसहित अधिकांश विदेशी मुद्राको भाउ बढेको छ । तर, युरोसहित केही मुद्राको विनियमदर भने आज घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९१ पैसा छ । हिजो (बिहिबार) अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७७ पैसा थियो ।

आज युरो एकको खरिदर एक सय ४३ रुपैया ७६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ३८ पैसा छ । हिजो युरो एकको खरिदर एक सय ४३ रुपैया ७८ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ४० पैसा थियो ।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ६८ पैसा छ । हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ३७ पैसा थियो ।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ १३ र बिक्रीदर ८६ रुपैयाँ ५० पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ०६ र बिक्रीदर ८६ रुपैयाँ ४३ पैसा थियो ।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ ३७ र बिक्रीदर चार सय ५० रुपैयाँ ३२ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ८८ र बिक्रीदर चार सय ४९ रुपैयाँ ८२ पैसा थियो ।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ८९ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ४९ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ५० पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ०९ पैसा थियो ।

  • १८ माघ २०८१, शुक्रबार ०६:४८ प्रकाशित