पोखरा ।
पोखरामा गण्डकी स्वजागरण उत्सव हुनेभएको छ । जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा आगामी १० फागुनमा पोखरा रंगशालामा सो उत्सव हुन लागेको हो । उत्सवमा ३० हजारभन्दा बढी सहभागी हुने कार्यक्रम व्यवस्थापक अभिषेक अधिकारीले जानकारी दिए । जीवन विज्ञानका गण्डकी संयोजक गंगा पोखरेलले कार्यक्रमको तयारी अगाडि बढीसकेको जानकारी दिए ।
यसैगरी ११ फागुनदेखि १७ फागुनसम्म विराट चक्र विज्ञान हुनेछ । गुरु एलपी भानु शर्माले खुशी, शान्ति र स्वास्थ्यलागि यो कार्यक्रम रहेको बताए । शरीरका हरेक अंगको अलगअलग काम भएकाले तिनलाई सक्रिय पार्नुपर्ने उनको भनाइ छ । समस्याको समाधान जीवन चक्र विज्ञान रहेको उनले बताए ।
जीवन विज्ञानले सबैका लागि काम गर्ने उनले बताए । विश्वमा आरोग्य पर्यटक धेरै बढेको उनले जानकारी दिए । विश्वमा १२ देखि १५ करोड आरोग्य पर्यटक बाहिर निस्कने र त्यसको फाइदा नेपालले लिनुपर्ने उनको भनाइ छ ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखरामा हुुने गण्डकी स्वजागरण उत्सव तथा विराट चक्र बिज्ञान कार्यक्रम पोखराका लागि महत्वपूर्ण रहने बताए । प्रमुख आचार्यले पोखरा भ्रमण वर्षको अवसरमा आयोजना हुने उक्त कार्यक्रम अभियानको रुपमा रहने बताउदै उक्त कार्यक्रममा सहभागी भएर लाभ लिन समेत सम्पूर्ण पोखरेलीलाई आग्रह गरे । पोेखरामा हुने सबै कार्यक्रम पोखरेलीका कार्यक्रम हुने हुँदा सफल बनाउने दायित्व सबैको रहेको उनको भनाइ थियो ।
स्वजागरण उत्सव तथा विराट चक्र विज्ञानमा सहभागी भएर व्याक्तिमा तनाव, रोग र चिन्ता न्यन भइ उच्चतम खुसीको अनुभुति हुने, शरीर, मन र चेतना स्वस्थ, सक्रिय र उर्जावान भएको मशसुुस हुने, आध्यात्मिक साधना विधिमा स्पस्टता र मनमा प्रशन्नताको विकास, आत्मविश्वास, आँट, जोस जागरण, साहसमा बृद्धि हुने कार्यक्रम ब्यवस्थापक अभिषेक अधिकारीले जानकारी दिए ।
आयोजकका अनुसार गण्डकी स्वजागरण उत्सवमा प्रवेशका लागि दर्ता गराउनुपर्नेछ । यसमा सहभागिताका लागि शुल्क भने लाग्नेछैन । ‘नेपालको मौलिक ज्ञान, स्वजागरण ध्यान, हिमालको काखमा, विराट चक्र विज्ञान’ भावका साथ हुने ‘विराट चक्र विज्ञान’ मा सहभागितताका लागि १० हजार रुपैयाँ खर्चिनुपर्ने आयोजक जीवन विज्ञान प्रतिष्ठाले जनाएको छ । खाना प्रयोजनका लागि उक्त शुल्क लिइने जानकारी दिइएको छ ।
नेपाली भूमिमा जन्मिएर ७० भन्दा बढी देशमा फैलिएको जीवन विज्ञान प्रतिष्ठानले हाल सम्म ४० लाख भन्दा बढी ब्याक्तिहरुले लाभ लिइसकेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले जीवन विज्ञान अध्यात्मको माध्यामबाट शारीरिक, मानसिक, भावनात्मक, बौद्धिक र चेतनागत स्वास्थ्य आर्जन गर्न, कार्यक्षमतामा बिकास गर्न, तनावरहित जीवन जिउने कलाको बिकासका लागि समर्पित रहँदैै आएको छ ।