अमेरिकामा उडिरहेको विमान र हेलिकोप्टर ठोक्कियो : हालसम्म १८ शव फेला

केन्द्रभाग मिडिया

File photo

वासिंगटन ।

अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ ।

अमेरिकन एयरलाइन्सको विमान र सेनाको हेलिकोप्टर आकाशमै ठोक्किएर भएको उक्त दुर्घटनामा परिचालित उद्धार टोलीले १८ वटा शव फेला पारेको छ ।

अमेरिकाको रिगन वासिंगटन नेशनल एयरपोर्ट नजिकै पोटोम्याक नदीमाथिको आकाशमा उक्त दुर्घटना भएको थियो ।आपतकालीन उद्धार टोलीले १८ वटा शव फेला परेको जनाइएको छ । विमानमा ६० यात्री र चालक दलका चार सदस्य सवार थिए भने सेनाको हेलिकोप्टरमा तीन जना सवार रहेको जनाइएको छ ।

सेनाको हेलिकोप्टर प्रशिक्षण उडानमा रहेको र विमान अवतरणको क्रममा रहँदा आपसमा ठोक्किएका थिए । विमानको टुक्रा नदीमा फेला परेको बताइएको छ । हेलिकोप्टरको भग्नावशेष पनि नदी नजिकै फेला परेको अधिकारीहरूले जनाएका छन् ।

  • १७ माघ २०८१, बिहीबार ११:१२ प्रकाशित