मेट्रोपोलिटन एकेडेमीले मनायो सहिद दिवस

केन्द्रभाग मिडिया

पोखरा ।
मेट्रोपोलिटन एकेडेमीले विविध कार्यक्रमसहित सहिद दिवस मनाएको छ । पोखराको रामघाटमा रहेको सो विद्यालयलयले मंगलबार विविध कार्यक्रमसहित सहिद दिवस मनाएको हो ।

कार्यक्रममा बिद्यार्थीहरुले सहिद को हुन् ?, सहिद दिवसको महत्त्व र सार्थकता, सहिदको सपना र सहिदको जीवनी साथै कवि भुपी शेरचनको ‘सहिदको सम्झनामा’ कविता वाचन गरेका थिए । विद्यालयका प्राचार्य गोविन्द प्रसाद सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालय संस्थापक अनिता तिमिल्सिना, बिद्यालय निरिक्षक इन्द्रराज बराल, सम्पूर्ण शिक्षक, कर्मचारी विद्यार्थीले, सहिदको तस्बिरमा माल्यार्पण र पुस्पाञजली अर्पण गर्नुको साथै १ मिनेट मौन धारण गरि भावपुर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

कार्यक्रम सञ्चालन कक्षा ९ कि छात्रा कृतिका तिमिल्सिना, सहिद दिवसको महत्त्व र सान्दर्भिकता सोफिया गुरुङ कक्षा ९, सहिदको जीवनी संजल पौडेल, सनिज बस्यौला,अश्विन पौडेल र बिजय पौडेलले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्राचार्य सुवेदीले बिद्यार्थीलाई आफ्नो मेहनत साथ अध्ययन गर्ने कर्तब्य पूरा गर्न आग्रह गर्दै बिद्यार्थलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने बिद्यालयको कर्तव्यमा कहिल्यै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

उनले भविष्यमा संसारको जुनसुकै क्षेत्रमा काम गरेपनि सहिदको वलिदानिको अवमूल्यन नगरिकन इमानदार र नैतिकवान वनेर देशको सेवा गर्न आग्रह गरे । पोखराको रामघाटमा अवस्थित विद्यालयले विद्यार्थीको सर्वांगिण बिकासकालागि गुणस्तरीय शिक्षाको साथै विभिन्न विद्यार्थी केन्द्रीत क्रियाकलाप गर्दै आईरहेको छ।

  • १६ माघ २०८१, बुधबार १८:५३ प्रकाशित