भारतमा भइरहेको महाकुम्भ मेलामा भागदौड हुदाँ ज्यान गुमाउनेको संख्या २० पुग्यो

केन्द्रभाग मिडिया

भारत ।

भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा आयोजित महाकुम्भ मेलामा मंगलबार मध्यराति भागदौड मच्चिँदा ज्यान गुमाउनेको संख्या २० पुगेको छ।

भारतीय सञ्चारमाध्यमपिच्छे मृतकको संख्या फरक९फरक आइरहेका बेला भारतीय अनलाइन दैनिक भास्करले भने उक्त भागदौडमा २० जनाभन्दा बढीको ज्यान गएको उल्लेख गरेको हो।

उक्त अनलाइन पत्रिकाका अनुसार मंगलबार राति करिब १ : ३० बजे प्रयागराजको संगम किनारमा भएको भागदौडमा ५० जनाभन्दा बढी भक्तजन घाइते भएका छन्।

भास्कर रिपोर्टरका अनुसार, सुरुमा १४ वटा शव पोस्टमार्टमका लागि मेडिकल कलेजमा लगिएको थियो। पछि एम्बुलेन्सबाट मेला क्षेत्रबाट केही थप शव ल्याइयो।

तर स्थानीय प्रशासनले दुर्घटनाको १३ घण्टा बितिसक्दा पनि मृत्यु वा घाइतेको संख्याबारे कुनै जानकारी दिएको छैन।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

भागदौडमा आफन्त हराएकाहरू भौतारिएका छन्।

  • १६ माघ २०८१, बुधबार १७:०३ प्रकाशित