पोखरा र गौतम बुद्ध विमानस्थलका लागि अतिरिक्त रुटका लागि भारतसँग आग्रह

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपालले फेरि एक पटक भारतलाई अतिरिक्त हवाई रुटका लागि आग्रह गरेको छ ।

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरसँगको भेटघाटमा परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले अतिरिक्त हवाई रुटका लागि आग्रह गरेकी हुन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपालले भारतसँग अतिरिक्त रुटका लागि आग्रह गर्दै आएको छ ।

परराष्ट्र मन्त्रालयमा भएको भेटघाटमा मन्त्री आरजुले भारतसँग अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेको तथा भैरहवास्थित गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिन्न सहरबाट हवाई उडानका लागि आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ ।

मन्त्री राणाले अतिरिक्त हवाई रुटको विषयलाई विशेष प्राथमिकतामा राखिदिन सचिव महावरमार्फत् भारत सरकारलाई आग्रह गरेकी हुन् । उनले महाकाली नदीको पूर्वी तर्फबाट दार्चुला हुँदै टिंकरसम्म पुग्ने सडक निर्माणमा आवश्यक सामग्री ढुवानीका लागि सहजता बनाइदिन समेत आग्रह गरेकी छन् ।

  • १६ माघ २०८१, बुधबार १५:०९ प्रकाशित