पोखरा ।
अमेरिकी डलरको भाउ आज पनि बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ १४ पैसा र बिक्रीदर एकसय ३८ रुपियाँ ७४ पैसा तोकिएको छ ।
आज चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, हङकङ डलर, कुवेती दिनार, ओमनी रियालको भाउ पनि बढेको छ । युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनरको मूल्य भने घटेको छ । त्यस्तै, केही विदेशी मुद्राको भाउ भने स्थिर छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपियाँ ०५ पैसा र बिक्रीदर एक सय ४४ रुपियाँ ६८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७१ रुपियाँ ७८ पैसा र बिक्रीदर एक सय ७२ रुपियाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपियाँ ४६ पैसा र बिक्रीदर एक सय ५३ रुपियाँ १२ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ३२ पैसा र बिक्रीदर ८६ रुपियाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ८६ पैसा र बिक्रीदर ९६ रुपियाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय ०२ रुपियाँ १९ पैसा र बिक्रीदर एक सय ०२ रुपियाँ ६३ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपियाँ ८९ पैसा र बिक्री दर ०८ रुपियाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०५ पैसा र बिक्रीदर १९ रुपियाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८३ पैसा र बिक्रीदर ३६ रुपियाँ ९९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ८९ पैसा र बिक्रीदर ३७ रुपियाँ ७७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०८ पैसा र बिक्रीदर चार रुपियाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६१ पैसा र बिक्रीदर ३७ रुपियाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४५ पैसा र बिक्रीदर ३१ रुपियाँ ५८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५६ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ५५ पैसा र बिक्रीदर १२ रुपियाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ३० पैसा र बिक्री दर १९ रुपियाँ ३९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ७३ पैसा र बिक्रीदर १७ रुपियाँ ८१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपियाँ ९८ पैसा र बिक्रीदर चार सय ४९ रुपियाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपियाँ ४२ पैसा र बिक्रीदर तीन सय ६८ रुपियाँ ०१ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपियाँ ८१ पैसा र बिक्रीदर तीन सय ६० रुपियाँ ३६ पैसा तोकिएको छ। यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा निर्धारण भएको छ।