गण्डकीसहित तीन प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशमा पश्चिमी वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा छिटपुट देखि हल्का बर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

राति देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू/भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

  • १६ माघ २०८१, बुधबार ०५:५१ प्रकाशित