उत्तर प्रदेश ।
उत्तर प्रदेशको बागपतस्थित बरौतमा जैन समुदायको लड्डू महोत्सवका क्रममा काठको मचान भत्किँदा पाँच जनाको ज्यान गएको छ । बागपतका डीएम अस्मिता लालले पाँच जनाको ज्यान गएको पुष्टि गरेका छन् । उनले २० जना गम्भीर घाइते भएको बताए ।
बरौतमा भगवान् आदिनाथको ‘लड्डू पर्व’ मा मनस्तम्भ परिसरमा निर्माण गरिएको काठको मचान भत्किँदा ५० भन्दा बढी भक्तजन च्यापिएका थिए । मुख्यमन्त्री योगी आदित्यनाथले अधिकारीहरूलाई तुरुन्तै घटनास्थलमा पुगेर राहत कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
मुख्यमन्त्रीले घाइतेको उचित उपचार गर्न पनि निर्देशन दिएका छन् ।















