पोखराको साइमन पार्टी प्यालेसमा चोरी गर्ने दुईजना रुपन्देहीबाट पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको साइमन पार्टीप्यालेसबाट चोरी गर्ने दुईजना रुपन्देहीको देवदहबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार गत ११ माघको राति साइमन पार्टी प्यालेसमा चोरी गर्ने स्याङ्जा भिरकोटकी २९ वर्षीया पुजा श्रेष्ठ र रुपन्देही देवदह १० का २२ वर्षीय ईश्वर श्रेष्ठलाई पक्राउ गरिएको हो । उनीहरुले पोखरा ८ सिर्जना चोकमा रहेको साइमन पार्टी प्यालेसबाट १४ लाख ७४ हजार रुपैयाँ चोरी गरेका थिए ।

कास्की प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक वसन्त शर्माकाका अनुसार चोरी भएको जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिई गएको प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको सहयोगमा १३ माघमा बुटवल ११ कालिका नगरको होटलबाट पक्राउ गरेको हो ।

उनीहरुलाई १२ लाख ५२ हजार ५८० र तीन थान मोबाइलसहित प्रहरीले पक्राउ गरेको हो । दुबै जनालाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा १३ माघदेखि लागु हुने गरी ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको कास्की प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक शर्माले जानकारी दिए ।

  • १४ माघ २०८१, सोमबार २०:१३ प्रकाशित