काठमाडौँ ।
नेकपा कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले २०८४ नेपालको राजनीति उथलपुथल हुने दाबी गरेका छन् ।
सोमबार बुढानीलकण्ठमा पार्टीले सञ्चालनमा ल्याएको ‘सी व्यापार केन्द्र’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०८४ कायाकल्प हुने दाबी गरेका हुन् ।
‘२०८४ सामान्य हुँदैन । उथलपुथल हुन्छ । कायाकल्प हुनसक्छ । एकपटक हामीले नयाँ तरिकाले सत्ताको नेतृत्व गर्ने चाहना छ । नेपालको राजनीतिलाई आकासबाट धर्तीमा उभ्याउन चाहन्छौँ । नेपाली जनताले एक पटक समाज हेर्न चाहेका छन् । आगामी निर्वाचनमा समाजवादी शक्ति एक भएर चुनावमा भाग लिन्छौँ’, उनले भने ।
कार्यक्रममा उनले आफू सत्ताकै लागि राजनीति गरेको भन्दै कसैसँग मागेर नभइ आफ्नै शक्तिमा सत्ताको नेतृत्व गर्न चाहेको जिकिर गरे ।














