कैलालीमा छाउगोठमा सुतिरहेकी महिलामाथि बाघको आक्रमण

केन्द्रभाग मिडिया

धनगढी ।

कैलालीमा छाउगोठमा सुतिरहेकी महिलालाई बाघले आक्रमण गरेको छ ।

जिल्लाको मोहन्याल गाउँपालिका७ कुइनेमा ४५ वर्षीय सरस्वती बिटालुलाई आइतबार राति बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले घर नजिकै छाउगोठमा सुतिरहेको अवस्थामा बिटालुलाई बाघले आक्रमण गरेको बताए । उनको स्वास्थ अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

  • १४ माघ २०८१, सोमबार ०९:५९ प्रकाशित