पोखरा ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
देशको तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको अवस्था छ ।
बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।















