विद्यालयको गेटको ढोका भाँचिदा एक विद्यार्थीको ज्यान गयो

केन्द्रभाग मिडिया

धनगढी ।

कैलालीको कैलारी गाउँपालिका–९ गदरियास्थित जनता माध्यमिक विद्यालयको गेटको ढोका भाँचिएर बिहीबार कक्षा एकमा अध्ययनरत सात वर्षीय स्थानीय प्रवेश रानाको ज्यान गएको छ भने एक अर्का विद्यार्थी घाइते छन् ।

विद्यालयको मूल गेट खोल्ने क्रममा फलामे ढोका भाँचिएर रानाको ज्यान गएको विद्यालयका प्रधानाध्यापक सिताराम चौधरीले बताए ।

प्रधानाध्यापक चौधरीका अनुसार गम्भीर घाइते भएका प्रवेशलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । कक्षा दुईमा अध्ययनरत समीर चौधरी घाइते भएका छन् । उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

  • ११ माघ २०८१, शुक्रबार १६:५७ प्रकाशित