भारतमा सेनाको हतियार कारखानामा विस्फोट, कम्तीमा ८ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

मुम्बई ।

भारतको महाराष्ट्र राज्यमा सेनाको हतियार कारखानामा विस्फोट भएको छ । भण्डारा भन्ने ठाउँमा रहेको हतियार कारखानामा शुक्रबार बिहान स्थानीय समयअनुसार करिब १०ः ३० बजे विस्फोट भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

के कारणले विस्फोट भयो भन्नेबारे प्रस्ट भइसकेको छैन ।विस्फोटबाट हतियार कारखानाको एउटा छत भत्किएको र जेसीबीको मद्दतमा भग्नावशेष पन्छाउने काम भइरहेको अधिकारीहरूले जनाएका छन् ।

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले भत्किएको छतले पुरिएर १३–१४ जना फसेको जानकारी पाएको बताएका छन् । यो कारखानामा भारतीय सेनाका लागि आवश्यक विभिन्न हतियार तथा विस्फोटक पदार्थ निर्माण हुँदै आएको छ ।

  • ११ माघ २०८१, शुक्रबार १६:०३ प्रकाशित