गोरखामा कुवामा डुबेर एक जना वद्धाको ज्यान गएको छ।
पालुङटार नगरपालिका-६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको कुवामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए।
करिब पाँच फिट गहिरो कुँवामा मृतावस्थामा कामीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना बिहीबार भएको प्रहरीको भनाइ छ।
घटनापछि मृतकको परीक्षणपछि अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको छ। मृतक मानसिक रोगी भएको खुल्न आएको छ ।














