साताको अन्तिम दिन यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३८ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६४ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३६ पैसा छ ।यस्तै आज पाउण्ड एकको खरिददर १७० रुपैयाँ १५ पैसा र बिक्रीदर १७० रुपैयाँ ८९ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८ रुपैयाँ ८६ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा छ ।

आज रियाल एकको खरिददर ३६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा छ । कतारी रियालको मूल्य एकको खरिद दर ३७ रुपैयाँ ८६ पैसा र बिक्री दर ३८ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ ।

 

  • ११ माघ २०८१, शुक्रबार १०:१८ प्रकाशित