पोखरा ।
पोखरा युनाइटेड एकेडेमीले फुड फेस्टिवल(खाना महोत्सव) आयोजना गर्ने भएको छ ।
एकेडेमीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै कक्षा ११ र १२ का विद्यार्थीहरुको क्षमता प्रर्दशनीका लागि फुड फेस्टिवल आयोजना गर्न गर्न लागेको जानकारी दिएको हो ।
फेस्टिवल यही माघ १५ गते दिउँसो २ बजेबाट बेलुका ८ बजेसम्म सञ्चालन हुने एकेडेमीले बताएको छ ।विभिन्न परिकारहरुको स्वादसँगै विद्यार्थी र अभिभावकले एकै ठाउँमा रमाइलो अनुभूति गर्न सकुन भन्ने उद्देश्यले खाना महोत्सव आयोजना गरिएको एकेडेमीले जनाएको छ ।
महोसत्वमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु, पोखराका स्थानीय म्युजिक ब्याण्डको साथमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको साङगीतिक प्रस्तुति रहने बताइएको छ ।भने कमेडी च्याम्पियन सिजन ३ का उत्कृष्ट १२ जना कलाकाहरुको प्रस्तुती मुख्य आर्कषणको रुपमा रहेको छ ।
पोखरा युनाईटेड एकेडेमीमा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्टको कक्षा सञ्चालन भईरहेका छ ।
विद्यालयले सिकाईलाई प्रभावकारी बनाउनको लागि शिक्षालाई प्रविधिसँग जोड्दै प्रयोतात्मक ढंगले शिक्षण सिकाईलाई अगाडि बढाइरहेको छ ।विद्यालयले होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई पोखराको चारतारे होटलहरुमा प्रयोगात्मक सिकाईका अभ्यासको व्यवस्था मिलाएको छ ।
यस्तै विद्यालयले विद्यालयभित्र विद्यार्थीहरुको सिकाईमा रुची बढाउन मनोरञ्जनात्मक कार्यक्रमका साथै खेलसम्बन्धी गतिविधिहरु गर्दै आएको छ । एकेडेमीले हस्तलेखनका कक्षाहरु सञ्चालन गर्दै आइरहेको छ भने आगामी दिनहरुमा अन्य सिपमूलक कार्यक्रम मोबाइल, टि.भी, र विभिन्न अन्तर्राष्ट्रिय भाषासँग सम्बन्धित कक्षा सञ्चालन गर्ने तयारी गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
विद्यार्थीहरुलाई स्वरोजगार बनाउने आफुहरुको उद्देश्य रहेको एकेडेमीले बताएको छ ।















