यू-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित

समूह चरणबाटै बाहिरियो

केन्द्रभाग मिडिया

आईसीसी यू–१९ टी २० महिला विश्वकप क्रिकेटमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको छ ।

समूहको अन्तिम खेलमा बुधबार अस्ट्रेलियासँग ८३ रनले पराजित भएसगै नेपाल समूह चरणबाटै बाहिरिएको छ।समूह डी मा रहेको नेपाल तीनै खेलमा पराजित भयो। मलेसियामा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य दिएको थियो।

नेपालले ८ विकेट गुमाएर मात्रै ५६ रन बनाउन सक्यो। नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

 

  • ९ माघ २०८१, बुधबार १६:०४ प्रकाशित