तनहुँको डुम्रे बजारमा आगलागी

केन्द्रभाग मिडिया

symbolic picture

काठमाडौँ ।

तनहुँको डुम्रे बजारस्थित एक घरमा बुधवार बिहान आगलागी भएको छ । बन्दिपुर गाउँपालिका वडा नम्बर १ मा पर्ने डुम्रेबजार स्थित केशव अधिकारीको पक्की घरको पाँचौँ तलामा आगलागी भएको हो ।

आगलागीबाट अन्दाजी ५० मुरी धान, पुराना काठपात तथा झ्याल ढोका र टिनको छानो जली नष्ट भएको भन्दै प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरी र स्थानीयको सहयोगमा करिब ४ मिनेटपछि आगो निभाइएको प्रहरीको भनाइ छ ।

  • ९ माघ २०८१, बुधबार १४:१४ प्रकाशित