यू–१९ महिला विश्‍वकप : आफ्नो तेस्रो खेलमा नेपाल आज अस्ट्रेलियासँग भिड्दैं

केन्द्रभाग मिडिया

काठमाडौं ।

आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को आफ्नो तेस्रो खेलमा नेपालले बुधबार अस्ट्रेलियासँग खेल्दै छ ।

नेपाल र अस्ट्रेलियाबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा अस्ट्रेलियाको कप्तानमा लुसी हामिल्टन छन् ।

नेपालले पहिलो खेलमा बंगलादेश तथा दोस्रो खेलमा स्कटल्याण्डसँग हार व्यहोरेको थियो । सुपर सिक्समा पुग्नका लागि नेपाललाई यस खेलमा जितको विकल्प छैन । अस्ट्रेलिया भने सुपर सिक्समा पुगिसकेको छ ।

नेपाल बंगलादेशसँग ५ विकेटले पराजित हुँदा स्कटल्याण्डसँग जित नजिक पुगेर १ विकेटले पराजित भएको थियो । अस्ट्रेलियाले स्कटल्याण्डलाई ९ विकेट तथा बंगलादेशलाई २ विकेटले हराएको थियो ।

नेपालले महिला क्रिकेटमा अस्ट्रेलियासँग खेल्न लागेको यो पहिलोपटक हो । अस्ट्रेलियासँग पराजित भएमा नेपाल बाहिरिनेछ ।

  • ९ माघ २०८१, बुधबार ०९:४१ प्रकाशित