राजेन्द्र महतोको पार्टीले आयोगबाट पायो मान्यता, चुनाव चिह्न ग्यास सिलिण्डर

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट मान्यता पाएको छ । राजेन्द्र महतो अध्यक्ष रहेको सो पार्टीलाई मंगलबार आयोगले दल दर्ता प्रमाणपत्र दिएको हो ।

पछिल्लो पटक राष्ट्रिय मुक्ति क्रान्ति गठन गर्दै महतोले अभियान चलाएका थिए । सोही अभियानलाई राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको पार्टी दर्ताका लागि उनले आयोगमा निवेदन दिएका थिए ।

आयोगले उक्त दललाई ग्यास सिलिण्डर चुनाव चिह्न प्रदान गरेको छ ।काठमाडौं महानगरपालिका–१० शंखमुलमा केन्द्रीय कार्यालय रहने गरी आयोगले दल दर्ताको प्रमाणपत्र दिएको हो ।

  • ८ माघ २०८१, मंगलवार १६:४६ प्रकाशित