माघ ११ गतेदेखि हुने चार भाई व्याडमिन्टन कपको तयारी पुरा

केन्द्रभाग मिडिया

पोखरा ।

पाचौँ चार भाई व्याडमिन्टन कप २०८१ को तयारी पुरा भएको छ । चार भाई युवा क्लवको आयोजनामा ताङलेकोट तमु समाज नयाँगाउँको हलमा हुने प्रतियोगिता यही माघ ११ र १२ गते हुदैछ ।

कपका लागि गण्डकी प्रदेश र अन्य प्रदेशका विभिन्न जिल्लाबाट प्रतियोगी सहभागी हुनेछन । प्रतियोगीता अन्र्तगत मेन्स डवल्स बि लेवल ,मेन्स डवल्स सी लेभल र गण्डकी प्रदेश स्तरीय खुल्ल्ला मिक्स डवल गरी तीनवटा ईभेन्टस हुने खेल संयोजक विष्णु गुरुङले जानकारी दिए ।

जसअन्र्तगत बी लेभल विजेताले ४५ हजार ,उपविजेताले ३० हजार र तृतीय हुने दुई टीमले समान ८-८ हजार प्राप्त गर्नेछन । त्यसैगरी मेन्स डवल्स सी लेवल विजेतालै प्रथम पुरस्कार स्वरुप ४० हजार दोश्रो हुनेले २५ हजार र तेश्रो हुने समुहले ७-७ हजार प्राप्त गर्नछन ।

गण्डकी प्रदेश स्तरीय खुल्ला मिक्स डवल्स खुल्ला तर्फ प्रथम हुने टीमले २५,हजार द्धीतिय हुने टीमले १५,हजार र तृतीय हुने टीमले समान ६,६ हजार प्राप्त गर्ने अध्यक्ष सुरेश गुरुङले जानकारी दिए । यस प्रतियोगीतामा छिमेकी जिल्लाहरु धादिङ ,चितवन ,पाल्पा ,गुल्मी लगायतका जिल्लाहरुका खेलाडीहरुलाई पनि सहभागी गराउने आयोजकले बताएको छ ।

  • ८ माघ २०८१, मंगलवार १६:२४ प्रकाशित